back
CTIZAN AD

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

वि.सं.२०८१ माघ ५ शनिवार

582 

shares

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पूर्जीसम्बन्धी सुनुवाइमा सहभागी भएका छन् ।

उइवाङ्गस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ ।

युनलाई बुधबार राष्ट्रपति निवासबाट पक्राउ गरिएको थियो र उहाँ पक्राउ पर्ने देशको पहिलो बहालवाला राष्ट्रपति बनेका थिए ।

महाभियोगपछि निलम्बित राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासन का विषयमा सोधपुछका लागि बयान दिन सियोलको दक्षिणमा रहेको ग्वाचेओनमा रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) मा उपस्थित हुन अस्वीकार गरेका थिए ।

यदि वारेन्ट जारी भएमा युनको हिरासत अवधि सहित २० दिनसम्म लम्बिनेछ ।

प्रारम्भिक १० दिनसम्म सीआईओले सोधपुछ गरेपछि युनलाई अभियोजन पक्षले पछिल्लो १० दिनसम्म सोधपुछ गर्नेछ किनभने दुवै पक्षले संयुक्त रूपमा युनको विद्रोहको आरोपको अनुसन्धान गर्न सहमत भएका छन्।

गत वर्षको डिसेम्बर १४ मा नेसनल एसेम्बलीमा युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएको थियो र यसलाई संवैधानिक अदालतमा १८० दिनसम्म छलफल का लागि पठाइएको थियो।

विद्रोहको अभियोगमा अनुसन्धान निकायहरूले योजनाकारको रूपमा उल्लेख गरेका युनले डिसेम्बर ३ को राति ‘मार्शल ल’ (सैनिक कानुन) लागु गरिएको घोषणा गर्नुभएको थियो । त्यसको केही घण्टापछि कोरियाली संसद् (नेशनल एसेम्ली) ले त्यसलाई खारेज गरेको थियो ।(रासस/सिन्ह्वा)

 

वि.सं.२०८१ माघ ५ शनिवार १४:०० मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...