back
CTIZAN AD

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार

762 

shares

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सोमवार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गरेका छन् । हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको छ , पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गरे ।

उक्त अवसरममा प्रमुख अतिथीबाट बैंकको नयाँ वेब साइटको शुभारम्भ समेत गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथी नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गरे ।

पछिल्लो समय बैकिङ्ग बजार केहि चुनौती भए पनि पालना गर्नु न्युनत्तम नियमको पालना गर्दै कषि विकास बैंकले गत आ.व.मा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हितचाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्तगर्दै उनले बैंकको प्रशंसा गरे । त्यसैगरी बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागतगर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए ।
समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदानगरिएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ माघ ७ सोमवार १५:५६ मा प्रकाशित

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...