back

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

वि.सं.२०८१ माघ ८ मंगलवार

192 

shares
GLOBAL IME AD
NTC AD

दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् ।

कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उनले बताए । उनले भने, “कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम रु तीन सय ७५ देखि रु एक हजारसम्म बिक्री हुने गरेको छ । एक जना कैदीबन्दीले मुढा बुनेर रु चार हजारदेखि रु पाँच हजारसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन् । उनले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ, कैदीबन्दीले मुढा बिक्री गरेर घरमा खर्च पठाउने गरेका छन् ।”

एउटा मुढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । अधिकारीले कैदीबन्दीलाई मागअनुसारको सीप प्रदान गर्ने गरेको बताए । उनले भने, “कारागारमा यत्तिकै दिन बिताउनुभन्दा केही न केही सीप हासिल गरेर आम्दानीनतर्फ जोड्ने प्रयासमा छौँ ।” रासस/फाइल फोटो

 

वि.सं.२०८१ माघ ८ मंगलवार १५:०३ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज...