back
CTIZAN AD

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

वि.सं.२०८१ माघ ८ मंगलवार

1.3K 

shares

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

आफु र आफ्नो परिवारको उज्वल भविष्यको खोजीमा पोर्चुगलमा काम गरिरहेका धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ का दीपक सिटौलाको मृत्यु भएपछि उनका परिवारलाई कम्युनिटीले आर्थिक सहयोग गरेको हो ।

कम्युनिटीले सिटौलाका परिवारलाई ४३५ युरो आर्थिक सहयोग संकलन गरि पठाएको हो ।

केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका बर्ष ४० वर्षीय सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वोनस्थित शान्तामारिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही दिनअघि कार्यस्थलमा काम गरिरहेकै अवस्थामा अचानक अचेत भएका कारण अस्पताल लगेर उपचार थालिएको थियो । तर दुर्भाग्यवश उनको जनवरी ६ तारिखका दिन निधन भएको थियो ।

केही महिना अघिमात्र श्रीमती शर्मिला खड्कासंगै पोर्तुगल आएका उनीहरुको डेढ महिनाको सन्तान छन् । डेढ महिनाको सुत्केरी र शिशुको पोर्तुगलमा कागजी प्रकृयमा पनि पुरा भइनसकेको अवस्था तथा नेपालमा रहेका बृद्ध बुवाआमा र घरको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै उनको शव व्यवस्थापनको लागि आर्थिक संकलन अभियान धादिङ समाज पर्तुगलले संचालन गरेको थियो र पर्तुगलको अभेरो जिल्लामा रहेको नेपलिज कम्युनिटी पार्दोले आर्थिक संकलन अभियानका निमित्त पत्राचार गरेको थियो ।

सोहि अनुसार कम्युनिटीका सदस्यहरूलाई आग्रह गरि संस्थाको संयोजनमा रकम संकलन गरि धादिङ समाज पर्तुगललाई हस्तान्तरण गरेको हामीलाई समाजका अध्यक्ष धन बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार रमेश दनाइ ३०, कुमार भण्डारी २०, रोशन घले २०, सुशील गाहा मगर २०, अनिता थापा पन्त ३१, प्रशान्त गुरुङ (मिलन) २०, शुष्मा सेन्चुरी दराल २१, सनम विश्वकर्मा ११, मदन विश्वकर्मा १६, सुकुमाया घलान १६, सूर्य बहादुर घले २१, शिव राज न्यौपाने १५, सुशिला पौडेल १०, खेम बहादुर आले १५, चक्रबिर गुरुङ, २०,भीमसेन थापा १६, बिकाश गुरुङ २१, धन बहादुर गुरुङ २५, हरि ढुंगाना ११, लक्कि गुरुङ १५, निसान बिमली १५, लाल सिंग घले १५,प्रभु जंग थापा १६ र दिल बहादुर घलेले १५ युरो आर्थिक सहयोग गरेका थिए ।

वि.सं.२०८१ माघ ८ मंगलवार १६:२९ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...