back

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

वि.सं.२०८१ माघ ८ मंगलवार

459 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

आफु र आफ्नो परिवारको उज्वल भविष्यको खोजीमा पोर्चुगलमा काम गरिरहेका धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ का दीपक सिटौलाको मृत्यु भएपछि उनका परिवारलाई कम्युनिटीले आर्थिक सहयोग गरेको हो ।

कम्युनिटीले सिटौलाका परिवारलाई ४३५ युरो आर्थिक सहयोग संकलन गरि पठाएको हो ।

केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका बर्ष ४० वर्षीय सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वोनस्थित शान्तामारिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही दिनअघि कार्यस्थलमा काम गरिरहेकै अवस्थामा अचानक अचेत भएका कारण अस्पताल लगेर उपचार थालिएको थियो । तर दुर्भाग्यवश उनको जनवरी ६ तारिखका दिन निधन भएको थियो ।

केही महिना अघिमात्र श्रीमती शर्मिला खड्कासंगै पोर्तुगल आएका उनीहरुको डेढ महिनाको सन्तान छन् । डेढ महिनाको सुत्केरी र शिशुको पोर्तुगलमा कागजी प्रकृयमा पनि पुरा भइनसकेको अवस्था तथा नेपालमा रहेका बृद्ध बुवाआमा र घरको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै उनको शव व्यवस्थापनको लागि आर्थिक संकलन अभियान धादिङ समाज पर्तुगलले संचालन गरेको थियो र पर्तुगलको अभेरो जिल्लामा रहेको नेपलिज कम्युनिटी पार्दोले आर्थिक संकलन अभियानका निमित्त पत्राचार गरेको थियो ।

सोहि अनुसार कम्युनिटीका सदस्यहरूलाई आग्रह गरि संस्थाको संयोजनमा रकम संकलन गरि धादिङ समाज पर्तुगललाई हस्तान्तरण गरेको हामीलाई समाजका अध्यक्ष धन बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार रमेश दनाइ ३०, कुमार भण्डारी २०, रोशन घले २०, सुशील गाहा मगर २०, अनिता थापा पन्त ३१, प्रशान्त गुरुङ (मिलन) २०, शुष्मा सेन्चुरी दराल २१, सनम विश्वकर्मा ११, मदन विश्वकर्मा १६, सुकुमाया घलान १६, सूर्य बहादुर घले २१, शिव राज न्यौपाने १५, सुशिला पौडेल १०, खेम बहादुर आले १५, चक्रबिर गुरुङ, २०,भीमसेन थापा १६, बिकाश गुरुङ २१, धन बहादुर गुरुङ २५, हरि ढुंगाना ११, लक्कि गुरुङ १५, निसान बिमली १५, लाल सिंग घले १५,प्रभु जंग थापा १६ र दिल बहादुर घलेले १५ युरो आर्थिक सहयोग गरेका थिए ।

वि.सं.२०८१ माघ ८ मंगलवार १६:२९ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...