back
CTIZAN AD

लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

वि.सं.२०८१ माघ १० बिहीवार

801 

shares

मलेखु (धादिङ) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवद्र्धनले समग्र देश विकासमा टेवा पुग्ने बताउनुभएको छ । आफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने उनले उल्लेख गरे ।

धादिङ लोक सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्वपूर्ण रहेको बताए । लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनसँगै देशको समग्र विकासमा योगदान दिने उनकोे भनाइ थियो ।

“नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सव विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्न सक्छन । यसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ”, उपप्रधानमन्त्री सिंहले भने, “महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

देशको मौलिक परम्परा, वेषभूषा, सङ्गीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले यस्ता मेला महोत्सवबाट युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गरे ।

धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक सञ्चार तथा विकास केन्द्र धादिङले महोत्सव आयोजना गरेको हो । आजदेखि सुरु भएको लोक सांस्कृतिक महोत्सव यही माघ २० गतेसम्म चल्नेछ । महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठ्यारो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत परिचालन हुने गरी कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले बताए ।

महोत्सवको प्रमुख आकर्षण अन्तरपालिका लोक दोहोरी प्रतियोगिता हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई प्राथमिकतामा राखिएको छ ।

 

वि.सं.२०८१ माघ १० बिहीवार १९:४५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...