back
CTIZAN AD

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

वि.सं.२०८१ माघ १० बिहीवार

738 

shares

मनहरी (हेटौँडा) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पर्यटकीय हिसाबले महत्व बोकेको ऐतिहासिकस्थललाई प्रवद्र्धन एंव संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक मकवानपुरगढीको २६२औँ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले इतिहासको संरक्षण गर्न सके मात्रै यसको महत्व बढ्दै जाने बताए । मकवानपुरगढी नेपाल एकीकरणको कोशेढुङ्गा भएको उल्लेख गर्दै उहाँले पृथ्वीनारायण शाहले रचेको इतिहासबाट हामी नेपालीहरु एउटै मालामा गाँसिएकाले मकवानपुरगढी दरबार र यसको महत्वलाई स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

मुख्यमन्त्री लामाले मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै ऐतिहासिक मकवानपुरगढीको समृद्धिका लागि नीति निर्माण तहबाट ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताए ।

विरताको इतिहास रहेको ऐतिहासिक मकवानपुरगढीमा सेनवंशीय राजाहरुको वंशावलीको चित्रणसँगै गोर्खाली सेनाले विदेशी फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला भएकाले मकवानपुरगढीको संरक्षण तथा संवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुरगढी नेपालको एकीकरण अभियानको जड रहेको बताए ।

मुख्यमन्त्री लामाले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएकाले यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सके पर्यापर्यटन विकासमा टेवा पुग्ने बताए ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ माघ १० बिहीवार १९:५० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...