back
CTIZAN AD

प्रेस सेन्टर नेपाल नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

वि.सं.२०८१ माघ १६ बुधवार

780 

shares

कावासोती । प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरले कावासोती(१२ स्थित लक्ष्मी नारायण मन्दिरमा कार्यक्रमको आयोजना गरी खाद्यान्न सामग्री वितरण गरेको छ।

स्थापना दिवसको अवसरलाई समाजसेवामा केन्द्रित बनाउँदै प्रेस सेन्टर नेपाल, नवलपुरले खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको हो। शाखा अध्यक्ष प्रितम भुजेलको नेतृत्वमा आयोजित कार्यक्रममा माओवादी केन्द्रीय सदस्य बालकृष्ण राजाभाट, शाखा उपाध्यक्ष कमल जिसी, सचिव राजु कल्पित सुवेदी, विभिन्न सञ्चारकर्मीहरू, स्थानीय समाजसेवीहरू सहभागी थिए

अध्यक्ष भुजेलले प्रेस सेन्टर नेपालको स्थापना कालदेखि नै सामाजिक सेवामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ूपत्रकारिता केवल सूचना सम्प्रेषणमा सीमित छैन। यसले समाजको समस्यालाई उजागर गर्दै समाधानमा सहयोग पुर्याउन पनि भूमिका खेल्नुपर्ने उनले बताए

माओवादी केन्द्रीय सदस्य बालकृष्ण रानाभाटले कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालको योगदानको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यहरूले समुदाय र पत्रकारिता क्षेत्रबीच सम्बन्ध अझ बलियो बनाउने बताए। उनले भने, ूसामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस्तो प्रयास प्रेरणादायी छ उनले भने ।

शाखा उपाध्यक्ष कमल जिसीले पनि प्रेस सेन्टर नेपालले विगतमा गरेका र अहिले सञ्चालन गरिरहेका यस्ता सामाजिक कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र यसले संगठनको छवि थप उजिल्याएको बताए। सचिव राजु कल्पित सुवेदीले पनि कार्यक्रममा प्रेस सेन्टरका गतिविधिहरूलाई थप व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता जनाए।

२०६१ सालमा स्थापना भएको प्रेस सेन्टर नेपालले सुरुदेखि नै पत्रकारिता क्षेत्रसँगै सामाजिक कार्यमा पनि ध्यान दिँदै आएको छ। संस्थाले विगतका वर्षहरूमा रक्तदान, शैक्षिक सामग्री वितरण, विपद् व्यवस्थापन सहायता, र अन्य विविध सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

प्रेस सेन्टर नेपालले आफ्नो स्थापना दिवस देशभर मनाउने परम्परालाई निरन्तरता दिँदै यस पटक पनि नवलपुर शाखाले सामुदायिक सेवामा केन्द्रित कार्यक्रम सञ्चालन गरेको हो। अध्यक्ष भुजेलका अनुसार यस प्रकारका कार्यक्रमले प्रेस सेन्टर नेपालको उद्देश्यलाई मात्रै पूरा गर्दैन, समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ।

स्थापनादेखि नै पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि काम गर्दै आएको प्रेस सेन्टर नेपालले हरेक वर्ष माघ १५ लाई विशेष महत्व दिँदै स्थापना दिवस मनाउँदै आएको छ। यस वर्षको कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै स्थानीय तहमा सेवा पुर्याउने प्रयास गरेको छ।

स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले प्रेस सेन्टर नेपालको सामाजिक प्रतिबद्धता मात्र होइन, पत्रकारिताले समाजसँग नजिक हुनुपर्ने सन्देश पनि दिएको छ। भविष्यमा यस्ता सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनासहित कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी सबैले प्रेस सेन्टर नेपाल, नवलपुरको योगदानको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

वि.सं.२०८१ माघ १६ बुधवार ११:०९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...