back
CTIZAN AD

‘एक व्यक्तिले मागेको सूचनाले पनि सुशासन प्रवद्र्धनमा सहयोग पुग्छ’

वि.सं.२०८१ माघ १६ बुधवार

846 

shares

पाटन (ललितपुर) । एक व्यक्तिले मागेको सूचनाले पनि सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ ललितपुर शाखाको तदर्थ समिति गठनका लागि आज भएको भेलामा बोल्दै सरोकारवालाले पारदर्शिता र जवाफदेहिताको कसीमा एक व्यक्तिले माग्ने सूचना पनि महत्त्वपूर्ण हुने बताएका हुन् ।

सूचनाको हकका लागि महासङ्घका अध्यक्ष उमिदप्रसाद बागचन्दले प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक अत्यन्तै महत्त्वपूर्ण भएको बताए । “सूचनाको हकले राज्यलाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन भूमिका खेल्छ, कानुन कार्यान्वयनले गतल प्रवृत्तिको अन्त्य हुन्छ, बदमासी हुनबाट रोक्न सकिन्छ, देशभर हाम्रो अभियान रहन्छ, सूचना आयोगसँग समन्वय र सहकार्य निरन्तर चल्छ”, उनले भने ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले राज्यका जिम्मेवार पदाधिकारी नै सूचनाको हकलाई खुम्च्याउन लागिपरेको आरोप लगाए । उनले सार्वजनिक निकायले स्ततः प्रकाशन गर्नुपर्ने २० प्रकारका सूचना कतिपय निकायले प्रकाशन नगरेको बताए ।

महासङ्घका सचिव पूर्णप्रसाद मिश्रले सूचना मागको निवेदन पुनरावेदन गर्नसमेत समस्या भएको उल्लेख गर्दै निरन्तर दबाब अभियानका माध्यमबाट सूचनाको हक कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।

भेलाले माधवप्रसाद घिमिरेको अध्यक्षतामा ललितपुर शाखाको तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रवीन्द्रराज ताम्राकार, सचिवमा सुनिल महर्जन, कोषाध्यक्षमा हरिहर थापा सदस्यमा सन्तोष बञ्जारा र सौगात मिश्र चयन भएका छन् ।

वि.सं.२०८१ माघ १६ बुधवार १९:३५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...