back
CTIZAN AD

धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

वि.सं.२०८१ माघ १६ बुधवार

972 

shares

महेन्द्रनगर (धनुषा) । यहाँको मिथिला विहारी नगरपालिका–२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ ।

यही माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने आयोजक समितिका संयोजक देवनारायण मण्डलले जानकारी दिए । मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजना र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा उक्त उत्सव हुने जनाइएको छ ।

नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्तर्राष्ट्रिय लाटोकोसेरो उत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ ।

संयोजक मण्डलले उत्सवमा निःशुल्क प्रवेश गराइने र उत्सवको पूर्वतयारीअनुरूप विभिन्न विद्यालयमा लाटोकोसेरो संरक्षण चेतना शिविर सञ्चालन भइरहेको बताउनुभयो । उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो ।

वि.सं.२०८१ माघ १६ बुधवार १९:४२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...