back
CTIZAN AD

सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह

वि.सं.२०८१ माघ २१ सोमवार

834 

shares

 

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।

आज पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

विसं २०६४ मा संविधानसभाको निर्वाचनमा काठमाडौं-१ बाट निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको भनाइ थियो ।

“काठमाडौं -१ मा पर्ने सबै सामुदायिक विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दो काम गरेका छौँ । हाम्रो निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैनन् । राम्रो नतिजा सुन्न पाउँदा खुसी लागेको छ”, उनले भने ।

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको उल्लेख गरे । विद्यालयलाई अझ राम्रो बनाउन निर्वाचित सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मिलेर काम गरिरहेको पनि उनको भनाइ थियो ।

 

वि.सं.२०८१ माघ २१ सोमवार १४:०९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...