back
CTIZAN AD

नन्दन ताल संरक्षण र प्रवद्र्धनमा पाल्हीनन्दन गाउँपालिका

वि.सं.२०८१ माघ २१ सोमवार

726 

shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले वडा नं ६ सनईमा अवस्थित नन्दन तालको संरक्षण एवं प्रवद्र्धन सुरु गरिेको छ । संरक्षणको अभाव अतिक्रमणमा परेको ताललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल सुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

उनले भने, “ताललाई पुरानै स्वरूपमा फर्काउनका लागि गाउँपालिकाले पहल सुरू गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेर अगाडि बढेका छौँ ।”

नन्दन तालको क्षेत्रफल करिब ८० बिघा भए पनि अहिले अतिक्रमणका कारण साँघुरिँदै गएको छ । ताल क्षेत्रमा स्थानीयले खेतिपाती गरिरहेका छन् ।

केही वर्षअघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागि ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि हुन छाडेको वडा नं ६ का वडाध्यक्ष किशान यादवको भनाइ छ ।

ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा आवाज उठे पनि संरक्षणको ठोस काम हुन नसको स्थानीय सन्दीप यादवले बताए । उनले भने, “तालको क्षेत्रमा भएको अतिक्रमणलाई खाली गराउनका लागि मालपोत कार्यालय, नापी कार्यालय तथा जिल्ला प्रशासनको पनि पहलकदमी आवश्यक छ ।”

 

वि.सं.२०८१ माघ २१ सोमवार १४:२२ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...