back

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ २२ मंगलवार

201 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताएका छन् ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको साझा प्रयास अपरिहार्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध होस् भन्नेमा सरकार सचेत रहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुुलित खाना मात्र खान सुझाए । उनले सबैको साझा प्रयासबाट कोरोना महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सर निर्मूल गर्न सकिने बताए । साथै पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरु वञ्चित नहुन् भन्ने प्रधानमन्त्रीले कामना गरे ।

आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने देशव्यापी अभियानमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई यो खोप लगाउने लक्ष्य छ ।

वि.सं.२०८१ माघ २२ मंगलवार १४:२३ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...