back

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबिच सम्झौता

वि.सं.२०८१ माघ २२ मंगलवार

225 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । बैंकले इन्फोडेभलपर्सले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्सका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा बृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पु¥याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पु¥याउने समेत जानकारी दिए ।

बैंकका अनुसार ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल-टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रा.लि. को तर्फबाट कर्पोरेट म्यानेजर, सुबास पौडेलको समेत उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ ।

 

वि.सं.२०८१ माघ २२ मंगलवार १४:४७ मा प्रकाशित

फागुन महिनाको लागि वाणिज्य बैंकहरुको ब्याजदर कति  ?

फागुन महिनाको लागि वाणिज्य बैंकहरुको ब्याजदर कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले फागुन महिनाका...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर...

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

सिटिजन्स बैंकको १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा

सिटिजन्स बैंकको १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौँ । विगत १८ बर्ष देखि अनवरत रूपले ग्राहकबर्गमाझ सर्वसुलभ...

साइग्रेस पोख्रेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक्त

साइग्रेस पोख्रेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक्त

काठमाडाैँ ।  स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल...

नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...