
काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी गुन्माले प्रशिक्षणात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही आउँदो फेब्रेवरी १६ तारिकका दिन नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकको प्रमुख आतिथ्ययतामा प्रशिक्षणात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम हुने भोजराज भुसालले जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा ओ.एन.एफ जापानका इन्चार्ज सुरेश के.सी, अध्यक्ष कुलचन्द्र खरेल उपाध्यक्ष बाबुराम भण्डारी लगायत प्रवासी नेपाली मञ्च जापानका नेतागण तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूको उपस्थिति रहने भुसालको भनाई छ ।
प्रवासी मन्च जापान क्षेत्रीय कमिटी गुन्माका इन्चार्ज बुद्धिराज लामाका अनुसार कार्यक्रम फेब्रुअरी १६ का दिन ठिक ११ बजे बाट सुरु हुने छ ।
वि.सं.२०८१ माघ २४ बिहीवार १४:१० मा प्रकाशित