back
CTIZAN AD

आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा

वि.सं.२०८१ माघ २४ बिहीवार

687 

shares

लमजुङ । लमजुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । दरबन्दी अनुसार कार्यालय प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा जिल्लाका सरकारी कार्यालय सञ्चालन हुँदै आएका हुन् ।

लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैँची जोन कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छन् । ती कार्यालयमा यहाँ चार वर्षदेखि निमित्त प्रमुखले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सरकारले दरबन्दी अनुसारका कर्मचारी पु¥याउन नसक्दा कार्यालय प्रमुख पद रिक्त हुँदै आएको स्थानीय बताउँछन् । दरबन्दी अनुसार सम्बन्धित कार्यालयमा कार्यालय प्रमुख पद खाली हुँदा कार्यसम्पादन र सेवा प्रवाहमा समस्या भइरहेको सेवाग्राही सुजन श्रेष्ठले बताए । उनले भने, “कार्यालय प्रमुख बिना प्रभावकारी र सहज रूपमा सेवा प्रवाह हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी कम हुँदा कामको चाप पनि बढी हुन्छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार जिल्ला मालपोत कार्यालयमा पूर्णबहादुर गुरुङ, जिल्ला हुलाक कार्यालयमा निर्मलादेवी शर्मा, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा हरिबहादुर मिजार, जिल्ला कारागारमा राधिका रेग्मी, जिल्ला निर्वाचन कार्यालयमा विजय विक, जलस्रोत तथा डिभिजन सिँचाइ डिभिजनमा विष्णुहरि अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा सुनिल न्यौपाने निमित्त प्रमुखले प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

स्वीकृत दरबन्दी संरचना अनुसार जनशक्ति पदपूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । सामान्यतया स्वीकृत दरबन्दी अनुसारको जनशक्ति आवश्यक हुने भन्दै उनले भने, “दरबन्दी अनुसारको प्रमुख वा जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहजता ल्याउँछ ।”

निमित्त प्रमुखको भरमा कार्यालय सञ्चालन हुँदा प्रमुख भएको जस्तो प्रभावकारी नहुने र यसले जिल्लाको विकासमा पनि असर गर्ने सहायक प्रमुख गौतमले बताए ।

मालपोत कार्यालका निमित्त प्रमुख पूर्णबहादुर गुरुङले कार्यालय प्रमुख नहुँदा कार्यालयबाट गर्नुपर्ने काम, नामसारी, घरजग्गा संशोधन, आर्थिक कारोबारलगायत काम रोकिएको र सामान्य काम मात्र भइरहेको बताए । टाढाटाढाबाट आउने आएका सेवाग्राही समस्यामा पर्दै आएका उनको भनाइ छ । रासस/सांकेतिक फोटो

वि.सं.२०८१ माघ २४ बिहीवार १४:२२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...