back
CTIZAN AD

भूकम्प प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न सरकारसँग महामन्त्री थापाको माग

वि.सं.२०८१ माघ २४ बिहीवार

618 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको पुनःनिर्माण गर्नुपर्ने आकलन गरिएको र कतिपय परिवारले हालसम्म दोस्रो किस्ता पनि नपाएको गुनासो रहेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

महामन्त्री थापाले गत असोजको बाढीले बगाएका र भत्किएका घरको अस्थायी आवास निर्माणका निम्ति मङ्सिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले घोषणा गरेकामा अझै पनि कतिपयले पहिलो किस्ता अनुदान नपाएको भन्दै तत्कालय अनुदान उपलब्ध गराउन माग गरे ।

उक्त बाढीबाट ४१ वटा सडक खण्ड पुनः निर्माणका लागि रु २५ अर्ब आवश्यक हुने तथा सबै पुनःनिर्माण गर्न करिब रु एक खर्ब चाहिने भनिए पनि सरकारले रु २१ अर्ब मात्र बजेट विनियोजन गरेको भन्दै उहाँले यति ठूलो रकम कहाँबाट जुटाउने हो भन्नेबारे सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरे ।

वि.सं.२०८१ माघ २४ बिहीवार १५:३३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...