back
CTIZAN AD

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा छुट

वि.सं.२०८१ माघ २८ सोमवार

669 

shares

काठमाडौँ । लुम्बिनी विकास बैंक लि. ले होटल वृन्दावन प्रा. लि. मा आफ्ना ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

होटल वृन्दावन प्रा. लि. पर्सा जिल्लाको बिरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावन प्रा. लि. का बिभिन्न सेवा तथा सुबिधाहरुमा ३०% सम्म छुट प्रदान गर्ने छ ।

होटल वृन्दावन प्रा. लि. को विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहक महानुभावहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १०% साथै होटल कोठाहरुको शुल्कमा ३०% छुट लिन सक्ने छन् ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक श्री कृष्ण कुमार महतो र होटल वृन्दावन प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री पप्पु सराफ ले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०८१ माघ २८ सोमवार १४:३५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...