back
CTIZAN AD

रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गुहाटीमा

वि.सं.२०८१ माघ २८ सोमवार

651 

shares
पाटन (ललितपुर) । रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ ।
भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा नं १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही गुहाटी पुगेका हुन् ।
महानगरका प्रमुख महर्जनका अनुसार अन्तरराष्ट्रिय सम्मेलनले आजभन्दा एक हजार ४०० वर्षअगाडि भारत आसामको कामाक्ष कामारूबाट काठमाडौं उपत्यका ल्याइएको रातो मच्छिन्द्रनाथको ऐतिहासिक पक्ष, धार्मिक एवं सांस्कृतिक महत्त्वका बारेमा थप बहस, छलफलका साथसाथै किंवदन्तीलाई बल पुग्ने खालका तथ्यहरूमा बल पुग्नेछ ।
“यसले रातो मच्छिन्द्रनाथका बारेमा थप जानकारी हासिल गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई घनिष्ट बनाउन भूमिका खेल्छ, सम्मेलनमा विज्ञहरूको सहभागितामा हुने छलफल फलदायी हुनेछ, यसले हाम्रो महानगरको सांस्कृतिक र पर्यटन विकासका लागिसमेत नयाँ आयाम थप्ने आधार तयार पार्ने विश्वास छ,” उनले भने ।
पर्यटन संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले योे सम्मेलनबाट वर्षा र सहकालका देवताका रूपमा पुजिँदै आएको रातो मच्छिन्द्रनाथका बारेमा थप तथ्यहरू प्राप्त भई ललितपुरमा मनाइने जात्रालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । “रातो मच्छिन्द्रनाथसँग  सम्बन्धित यो कार्यक्रममा उहाँहरू सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनु हुन्छ भन्ने हो,” उनले भने । रातो मच्छिन्द्रनाथको जात्रा र रथ संसार प्रचलित छ ।रासस/फाइल फोटो

वि.सं.२०८१ माघ २८ सोमवार १४:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...