back
CTIZAN AD

‘नगर गान’ तयार गर्दै नगरपालिका

वि.सं.२०८१ फागुन १ बिहीवार

867 

shares

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम सुरु गरेको छ । आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । उनले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताए । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ ।

प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल तथा दुईजना सङ्गीतकार सदस्यका रूपमा रहेका छन् । संयोजक न्यौपानेका अनुसार नगर गानका लागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको छ ।

प्रतिष्ठानले विद्यार्थी, शिक्षक–शिक्षिका तथा अन्य सर्जकहरूलाई नगर गान निर्माणका लागि आह्वान गर्ने र उत्कृष्ट नगर गानलाई सिफारिस गर्ने न्यौपानेले बताए । पश्चिम नवलपरासीमा रहेका सातवटा स्थानीय तहमध्ये यहाँ हालसम्म कुनैले पनि आफ्नै पालिका गान तयार गरेको छैनन् । रासस

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:२८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...