back
CTIZAN AD

’चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालनको पहल गरिने

वि.सं.२०८१ फागुन १ बिहीवार

879 

shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा ‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालन गर्न पहल गरिने बताएका छन् ।

संरक्षण समूह नेपालले आज यहाँ आयोजना गरेको शर्पाको श्रद्धाञ्जलीसभामा वनमन्त्री शाहीले शर्पाको योगदान संरक्षण क्षेत्रमा अविष्मरणीय रहने बताए । मन्त्री शाहीले भने, “अब चुङ्बा शेर्पा नाम सुन्नासाथ हामीलाई नेपालको वन्यजन्तु फोटोग्राफीमा एउटा अद्वितीय पहिचान बनाएको व्यक्तित्वको याद आउँछ । उनले दुर्लभ वन्यजन्तुहरूको तस्बिरहरू खिचेर विश्वसामु नेपालको जैविक विविधताको महत्व उजागर गर्नुभयो ।”

शेर्पाले खिच्नुभएका करिब एक सय तस्बिर राष्ट्रिय प्रकृति संरक्षण कोषको अडिटोरियम हलमा राख्ने गरी प्रदर्शनी कक्ष निर्माण गरिएको छ । उक्त प्रदर्शनी कक्षको शेर्पा जिवित छँदै कोषका संरक्षक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

बागमती प्रदेशसभा सदस्य याङ्गकीला शेर्र्पाले राज्यले गर्नुपर्ने काम व्यक्तिले गरिरहेकाले सरकार यस्ता विषयमा गम्भीर हुनुपर्ने बताए ।

संरक्षण समूह नेपालका अक्ष्यक्ष गौरव शमशेर जवराले शेर्पाले वन्यजन्तु तथा प्राकृतिक संरक्षणका विषयमा तस्बीरको माध्यमबाट प्रचार गरेर पर्यटन प्रवद्र्धनमा पु¥यएका योगदानको प्रशंसा गरे ।

नेपाल वातावरण पत्रकार समहू (नेफेज)का अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले नेपाली फोटोग्राफी क्षेत्रमा शेर्पाको योगदानको चर्चा गरे ।

संरक्षण समूह नेपालका उपाध्यक्ष किशोर थापाले प्रकृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण राष्ट्रिय सुरक्षासँग सम्बन्धित काम गरिरहेको जानकारी दिए ।

 

वि.सं.२०८१ फागुन १ बिहीवार १९:३० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...