back
CTIZAN AD

थाईची छ्वान १३ फम तालिम सम्पन्न

वि.सं.२०८१ फागुन १ बिहीवार

1.1K 

shares

काठमाडौं । चिनियाँ साँस्कृतिक केन्द्रले  चिनियाँ योगा (थाईची छ्वान) १३ फम तालिम सम्पन्न गरेको छ । बुधवार काठमाडौं स्थित महाराजगंजमा रहेको आफ्नो कार्यलय परिसरमा केन्द्रले एक कार्यक्रम आयोजना गर्दै सो तालिम समापन गरेको हो ।

यस अघि थाईची छ्वानको ८ फम तालिम समेत प्रदान गरेको केन्द्रले १३ फम तालिम प्रदान गरेको हो । विगत पैतिस वर्षदेखि थाईची छ्वान प्रशिक्षण गर्दै आएका प्रमुख प्रशिक्षक मचारत्न महर्जन र सह प्रशिक्षक आङ बाबु लामा रहेको यस तालिममा तीन महिनादेखि ३६ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । केन्द्रले पुनः पाँच गते सोमवारदेखि आफ्नै कार्यलय परिसरमा थाईची छ्वानको २४ फम प्रशिक्षण गर्ने जनाएको छ ।

प्रमुख प्रशिक्षक महर्जनले प्रशिक्षार्थीहरूले यस पटक राम्रो सँग थाईची खेल्न सिकेको बताए । उनले शारीरिक तथा मानसिक तन्दुरुस्त रहन श्वासप्रश्वासको माध्यमबाट थाईची छ्वान् खेल्न जरुरी रहेको बताए ।

थाईची छ्वान समापन गर्दै बुधवार केन्द्रले चिनियाँ चाड युआन स्याओ (लालटिन) चाड समेत मनाएको छ । केन्द्रले चिनियाँ परिकार युआन स्याओ खाँदै यस चाडलाई मनाएको छ ।

वि.सं.२०८१ फागुन १ बिहीवार २२:२८ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...