back

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

वि.सं.२०८१ फागुन २ शुक्रवार

534 

shares
GLOBAL IME AD
NTC AD
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै पहिलो भएको छ ।
गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये जिल्लाका तीन वटा गाउँपालिका पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन कार्य विधि २०७८ दफा ८ को अधीनमा रही कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अङ्क सहित गण्डकी प्रदेशकै पहिलो पालिका बनेको छ ।
आँधीखोला गाउँपालिका ७८ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो र फेदिखोला गाउँपालिका ७७.९ अङ्क प्राप्त गर्दै तेस्रो भएका हुन् । यी तिन वटै गाउँपालिकामा नेकपा एमालेबाट जितेका अध्यक्ष छन् ।  कालीगण्डकीमा खिम थापा, आँधीखोलामा विश्व पौडेल र फेदिखोलामा घनश्याम सुवेदी अध्यक्ष हुन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका सात सय ५३ वटा स्थानीय तह मध्ये चौथो र आँधीखोला गाउँपालिका पाँचौँ बनेको छ ।

वि.सं.२०८१ फागुन २ शुक्रवार १५:२५ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...