back
CTIZAN AD

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

वि.सं.२०८१ फागुन २ शुक्रवार

1.2K 

shares
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै पहिलो भएको छ ।
गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये जिल्लाका तीन वटा गाउँपालिका पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन कार्य विधि २०७८ दफा ८ को अधीनमा रही कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अङ्क सहित गण्डकी प्रदेशकै पहिलो पालिका बनेको छ ।
आँधीखोला गाउँपालिका ७८ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो र फेदिखोला गाउँपालिका ७७.९ अङ्क प्राप्त गर्दै तेस्रो भएका हुन् । यी तिन वटै गाउँपालिकामा नेकपा एमालेबाट जितेका अध्यक्ष छन् ।  कालीगण्डकीमा खिम थापा, आँधीखोलामा विश्व पौडेल र फेदिखोलामा घनश्याम सुवेदी अध्यक्ष हुन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका सात सय ५३ वटा स्थानीय तह मध्ये चौथो र आँधीखोला गाउँपालिका पाँचौँ बनेको छ ।

वि.सं.२०८१ फागुन २ शुक्रवार १५:२५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...