back

अध्यादेश स्वीकृत गर्न एकीकृत समाजवादीसँग सहयोग मागिँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार

414 

shares
GLOBAL IME AD
NTC AD
काठमाडौँ । नेपाली काँग्रेसले नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय गरेको छ ।
शुक्रवार नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलले राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
जनता समाजवादी पार्टी (जसपा )नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे काँग्रेसका संस्थापन पक्षीय नेताहरूबिच छलफल भएको हो ।
यी दुई दलबिना राष्ट्रियसभामा अध्यादेश निर्माणार्थ प्रस्तुत हुँदा स्वीकृत हुने सम्भावना नभएपछि काँग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाको पहलमा संस्थापन पक्षीय नेताहरूले विकल्प खोजेर समस्या समाधानबारे कुराकानी गरेका हुन् ।

वि.सं.२०८१ फागुन २ शुक्रवार १५:५२ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...