back
CTIZAN AD

कविता : प्रणय दिवस

वि.सं.२०८१ फागुन ३ शनिवार

1.5K 

shares

जानुका गुरागाईँ, झापा, हाल -भक्तपुर

चिन्तन अतिशय, अनुपम गरिए
प्रेमरस मधुर, सबतिर छरिए ।
बन्दछ सुमधुर,सुललित प्रणय
बग्दछ तरलित, अविरल प्रणय ।१।

हिँड्नु छ अपगति अनुकृत नगरी
मोड्नु छ शुभ पथ विचलित नभई
मौलिक निजकृत चलनसँग मिली
छर्नु छ सबतिर खुब जतन गरी ।२।

एक दिन कुसुम अदलबदलले
फेरिन कठिन छ प्रणय गजबले ।
प्रेम त अविरल तलतल जलझैँ
बग्दछ हरपल कलकल नदझैँ ।३।

व्यर्थ छ वरपर बहकिनु त्यसरी
मिल्दछ प्रणय त हृदय तलभरि ।
प्रेमिल तनमन हर बखत झनै
बन्दछ सुमधुर नित शतदलझैँ ।४।

गर्नु छ तजबिज समय भुवनमा
भर्नु छ सुखसित प्रणय बदनमा ।
छोड्नु छ रजगज तडकभडकको
बाँच्नु छ वय अब सुखद सयलको ।५।

छन्द – चक्रपद
गण – भ न न न ल गु
सङ्केत : Sll- lll -lll -lll-l -S
विश्राम – सातौँ अक्षरमा

 

वि.सं.२०८१ फागुन ३ शनिवार ०४:५५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...