back
CTIZAN AD

‘नेपाली विशेषताको समाजवाद र यसका आधारहरु’ विषयमा विचार गोष्ठी सम्पन्न

वि.सं.२०८१ फागुन ३ शनिवार

1.2K 

shares

काठमाडौं । पेसागत महासंघ नेपालको आयोजनामा फाल्गुन २ गते ‘नेपाली विेशेषताको समाजवाद र यसका आधारहरु’ विषयमा विचार गोष्ठी सम्पन्न भएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले लेखेको ‘कम्युनिस्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति’ बिषयको पुस्तक पनि प्रमुख अतिथि खनाल तथा अन्य अतिथिहरुले लोकार्पण गरेका थिए ।

कार्यक्रममा खनालद्वारा विमोचित पुस्तक ‘कम्युनिस्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति’ को पुस्तकका वारेमा वामपन्थी नेता लोककृष्ण भट्टराईले परिचर्चा गरेका थिए ।

पुस्तकमा आठ अध्याय रहेका छन् । पहिलो अध्यायमा–विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएका विद्रोह र दक्षिणपन्थी अवसरवादका विरुद्धको संघर्ष बारे उल्लेख गरिएको छ ।

दोश्रो अध्यायमा समाजवादी क्रान्तिका लागि समाजमा वर्गको स्थिति, वर्ग विश्लेषण, प्रधान अन्तरविरोध, माक्र्सवादको सान्दर्भिकता र समाजवादी क्रान्तिका आधारहरु, वामआन्दोलनका चुनौती र अवको बाटो आदि विषयमा चर्चा गरिएको छ ।

तेस्रो अध्यायमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी – नेकपामा भएको विवादहरु, चौथो अध्यायमा–एमालेमा विद्रोहका कारण र एकीकत समाजवादी पार्टीको स्थापना र कार्यदिशा, पाँचौ अध्यायमा मुलुकको राष्ट्रियतामा चुनौतीहरु छैठौं अध्यायमा नेपालमा श्रमिक वर्गको स्थिति, पूंजीवादमा श्रम र ज्याला पद्धति र समाजवाद निर्माणमा ट्रेड युनियन आन्दोलनको भूमिका विषयमा चर्चा गरिएको छ । सातौ अध्यायमा अर्थतन्त्र र सुशासन, निर्वाचन प्रणालीमा सुधार र आठौं अध्यायमा समाजवादी क्रान्तिमा जनसंगठनहरुको भूमिका, संगठन परिचालन र कम्युनिस्ट पार्टीमा नेतृत्वको भूमिका विषयमा पुस्तकमा विस्तृत चर्चा गरिएको छ ।

वि.सं.२०८१ फागुन ३ शनिवार १३:३४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...