back
CTIZAN AD

कारागारमा रहेका कैदी बन्दी ढाका बुन्ने तालिम लिँदै

वि.सं.२०८१ फागुन ३ शनिवार

765 

shares

अर्घाखाँची । यहाँको कारागारमा रहेका कैदीबन्दीलाई आयआयर्जनमा जोड्न ढाका कपडा बुनाइ तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीलाई सीप विकास गरेर आर्थिक रुपमा आत्मनिर्भर बनाउन ढाका कपडा बुनाइ सीप विकास तालिम सञ्चालन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा कैदीबन्दीलाई एकमहिने तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताइन् । उनका अनुसार सीप सिकेर सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी अगाडि बढाउन सकिने भएकाले तालिम महत्वपूर्ण छ । सोहीअनुसार सीप आर्जन गर्न प्रमुख न्यौपानेले आग्रह गरिन् ।

कुनै पनि मानिसले कुनै प्रकारका सीप सिक्नु भनेको ज्ञान बढ्नु, सीप बढ्नु स्वरोजगार बन्नु र व्यक्ति विशेष मात्र नभई राज्यका लागि फाइदाजनक हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । सीपले आत्मबल बढाउने र आर्थिक आयआर्जन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । सो कारागारमा अहिले ९६ जना कैदीबन्दी छन् । त्यसमध्ये पुरुष ९० र महिला छ रहेको कारागार प्रशासन प्रमुख पोमकला भण्डारीले बताइन् ।

वि.सं.२०८१ फागुन ३ शनिवार १३:४६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...