back
CTIZAN AD

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३० औ जनयुद्ध दिवस

वि.सं.२०८१ फागुन ४ आइतवार

912 

shares

बिकास गैरे–कतार । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस १४ फेब्रुअरी २०२५ शुक्रबारका दिन फुलबारी रेष्टुरेन्टमा भब्यताकासाथ मनाएको छ ।

सयौ वर्षदेखि राजाहरुले शासन गर्दै आएका शासक बर्गको अन्त्य र नेपालमा नेपाल र नेपालीको आमूल परिवर्तनको निम्ति तत्कालीन नेकपा माओवादीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पनासहित बि.स २०५२ फाल्गुन १ गतेका दिन तत्कालीन श्री ५ को सरकारसँग शस्त्र बिद्रोहको घोषणा गरि शस्त्र आन्दोलनको सुरुवात गरेको थियो । यहि दिनको सम्झनामा माओवादीले उत्सवको रुपमा मनाउदै आएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकका) प्रदेश सह–इन्चार्ज डिबि क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
क्षेत्री एनआरएनएका हजारे अभियन्ता तथा हाल सामाजिक सउरक्षा कोषका अभियन्ता पनि हुन् ।

अतिथिको आसन ग्रहण लगत्तै नेपाली राष्ट्रिय गान, सहिदको स्मरणपिछ दिप प्रज्वलन गरि प्रमुख अतिथि क्षेत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए भने कतारमा स्थापित सम्पूर्ण संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिसहित माओवादीप्रति आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमामा माओवादी केन्द्र एसिया प्रदेश (शार्क बाहेकका )संयोजक शनि कुमार ओलीको पनि बिशेष उपस्थित रहेको थियो । संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सहि थियो र छ भन्ने प्रष्ट पारेका थिए । जनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या तथा अपब्याख्या गरेको आरोप उनको थियो ।
उनले यो आन्दोलनले सम्पूर्ण सिमान्तकृत बर्गहरुको अधिकार र हितको निम्ति रहेको बताउदै स्वर्गिय गिरिजाप्रसाद कोईराला र माधाव नेपालले आन्दोलन सफल बनाउनको निम्ति सहयोग गरेको समेत स्मरण गरे ।
बहुमतको आडमा नेपाली जनताको हकअधिकारलाई कुण्ठित गर्ने गरि अहिलेको सरकारले संविधान संसोधन गर्न खोजेको आरोप लगाएका उनले यसो नगर्न नेपाल सरकारलाई आग्रह गर्दै संसोधन गर्नै परे पूर्ण समानुपातिकसहित कार्यकारी राष्ट्रपति र बिज्ञ मन्त्रीको व्यवस्थासहित गरिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले परदेशमा रहेका सम्पूर्ण श्रमिकहरुलाई एकजुट भएर राम्राकाम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए ।
आफुले एनआरएनए अभियानमा रहदा हजारे अभियान संचालन गरेको र अहिले त्यहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रति खुशी व्यक्त गरे । उनले यस अभियानमा प्रवासमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुलाई जोडिन अपिल गर्दै ८४ को चुनावमा माओवादी केन्द्रलाई बहुमतको भोटको लागि पनि अपिल गरेका थिए । “हामी बिदेशबाट पनि मतदान गर्न पाउनुपर्छ’ भन्ने बुलन्द आवाज उठाएका छौ ।’

कार्यक्रममा कतारमा रहेका कलाकारहरुले विभिन्न क्रान्तिकारी गीतमा आफ्नो प्रस्तुती पनि राखेका थिए भने कतारमा स्थापित सम्पूर्ण संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका उपाध्यक्ष सरिता भण्डारीले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिईन भने महासचिव योगेन्द्र तामाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।

वि.सं.२०८१ फागुन ४ आइतवार १५:४४ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...