back
CTIZAN AD

पर्सामा वन जोगाउनै मुस्किल

वि.सं.२०८१ फागुन ५ सोमवार

510 

shares

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, विन्ध्वासिनी, सबैया साझेदारी वन क्षेत्र बढी अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जिल्लाको ठूलो जनसङ्ख्याको लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करबाट वन फँडानीका कारण पनि वन अतिक्रमण गर्ने प्रवृत्ति देखिएको जानकारी दिए ।

‘‘डिभिजन वन कार्यालयसँग दरबन्दी अनुसारको कर्मचारी पनि छैनन् । जसको कारणले सीमित जनशक्तिको कारणले पनि पर्याप्त मात्रामा अनुगमन र रेखदेख गर्न पनि समस्या भएको छ,’’ उनले भने,‘‘कार्यालयमा एक सय कर्मचारीको दरबन्दी भए पनि अहिले ५३ जना कर्मचारी मात्रै रहेका छौंँ । सीमित स्रोतसाधन र जनशक्तिकोबीच काम गरिरहेका छौँ ।’’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २०८० को प्रतिवेदन अनुसार पर्सा जिल्लामा सबैभन्दा धेरै वन अतिक्रमण परेको क्षेत्रमा ठोरी ४ बाराहनदीदेखि पश्चिम क्षेत्र पर्दछ । जहाँ दुई सय हेक्टर वन अतिक्रमणमा परेको छ । गादीमाई साझेदारी वन क्षेत्र १६७ दशमलव ६८ हेक्टर अतिक्रमणमा परेको छ ।

सखुवाप्रसौनी साझेदारी वन ३३ दशमलव २ हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ ।
डिभिवन वन अधिकृत अहमदले साझेदारी तथा अन्य वन जोगाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

‘‘अहिले त वन जोगाउने काम डिभिजन वन कार्यालयको मात्रै भन्ने भाष्य निर्माण भइरहेको छ,’’ उनले भने,‘‘वन जङ्गल जोगाउनका लािग सबै हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।’’ कार्यालयका अनुसार जिल्लामा सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी, सेनाका ब्यारेक, सडक आदी भौतिक पूर्वाधार निर्माणमा समेत वनक्षेत्रको केही भाग अतिक्रमण गरेर पूर्वाधार लगायतका संरचना पनि निर्माण गरिएको छ । कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित रूपमा वन अनुगमन र निरीक्षण गर्न समस्या भइरहेको छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । यहाँको वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

 

वि.सं.२०८१ फागुन ५ सोमवार १०:०८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...