back

दैलेखमा एघार वर्षीय बालकको हत्या

वि.सं.२०८१ फागुन ५ सोमवार

264 

shares
GLOBAL IME AD
NTC AD

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ । हत्या अभियोगमा दुईजना बालक पक्राउ परेका छन् । गत माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या गरेको अभियोगमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए ।

बालक हराएपछि उनका परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घरनजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका छन् ।
पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार तीनजना मिलेर कुनै घरबाट सुनको गहना तिलहरी चोरी गरी ल्याएका थिए । उक्त तिलहरी बिक्री गर्ने क्रममा विवाद हुँदा साथमा भएका एक बालकको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ फागुन ५ सोमवार १०:१८ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...