back
CTIZAN AD

एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा, सबैभन्दा बढी पेट्रोल आयात

वि.सं.२०८१ फागुन १० शनिवार

942 

shares

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा छ दशमलव २० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा रु चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट रु पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रू ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा रु एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट रू एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा रू दुई अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानीस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा रु एक करोड २४ लाखको आयात र रु ५९ करोड ४५ लाखको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ ।

विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रु २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, रू २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र रु छ अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ । त्यस्तै, रु पाँच अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र रु पाँच अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा रु तीन अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा रु ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, रु छ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, रु पाँच अर्ब ३८ करोड ८० लाखको अलैँची, रु तीन अर्ब ८९ करोड ५२ लाखको कार्पेट, रु तीन अर्ब १० करोडको धागो र रु तीन अर्ब बराबरको चिया निर्यात भएको छ ।
–––

वि.सं.२०८१ फागुन १० शनिवार १६:१० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...