back
CTIZAN AD

टीकापुरको बीरेन्द्र बिधामन्दिरमा अत्याधुनिक पुस्तकालय तथा इ–लाइब्रेरीको उद्घाटन

वि.सं.२०८१ फागुन १० शनिवार

711 

shares

टीकापुर, कैलाली । बीरेन्द्र बिधामन्दिर माध्यमिक विद्यालय, टीकापुरको स्वर्ण महोत्सवको अवसरमा टीकापुर सरोकार समूहको संयोजनमा स्थापना गरिएको आधुनिक पुस्तकालय तथा ई– लाइब्रेरीको शुक्रबार उद्घाटन गरिएको छ ।

स्वर्ण महोत्सव कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शहरी विकासमन्त्री माननिय प्रकाशमान सिंहले रिबन काटेर पुस्तकालयको उद्घाटन गरेका हुन् । पुस्तकालयका लागि युगाण्डाका लागि नेपालका मानार्थ वाणिज्यदूत डा. सुधीर रुपारेलियाले रुपारेलिया फाउण्डेशन युगाण्डाबाट, विद्यालयका पूर्वअध्यक्ष तथा टीकापुर बिकास समितिका पुर्वअध्यक्ष मीनबहादुर रावल तथा स्वर्गीय साहित्यकार गगनसिहं थापाको स्मृतिमा स्थापित संस्था गगन फाउण्डेशनले आर्थिक सहयोग गरेका थिए ।

पुस्तकालयको विस्तार, आधुनिकीकरण र ई– लाइब्रेरीको स्थापना गर्न नेपाल लाइब्रेरी फाउण्डेशन नेपालको प्राविधिक सहयोग गरेको थियो । १२ लाख रुपैयाँको लागतमा स्थापना गरिएको लाइब्रेरीमा १० वटा कम्प्युटर, एक ल्यापटप, प्रिन्टर, स्क्यानर, बारकोड रिडर, सर्भर कम्प्युटर आदि राखिएको छ ।साथै पाठ्यसामग्रीमा आधारित विभिन्न बिधाका दुई हजार भन्दा बढी नयाँ पुस्तकहरु समेत थपिएको छ ।

पुस्तकालयमा ९ हजार ७४८ डिजिटल पुस्तक, ३ हजार ८४९ अडियो पुस्तक, ३ हजार ५१८ शिक्षा केन्द्रित भिडियो, बाल केन्द्रित ई– पाठ, विकिपिडिया (स्कुल), ४ हजार ८०२ जना विभिन्न लेखकका पाठ्यक्रममा आधारित ज्ञानबद्र्धक पुस्तक र पठन सामग्री राखिएका छन् ।

पुस्तकालयको आधुनिकीकरण तथा ई– लाइब्रेरीको स्थापनाले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने बिधालयका पुर्व बिद्यार्थी एंव टीकापुर सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालले बताए । बिधालयका पुर्व बिद्यार्थी तथा टीकापुर सरोकार समुहका संरक्षक हिक्मत थापाले यस परियोजनाको लागि श्रोत र सहयोग जुटाउन समन्वय गरेका थिए ।

वि.सं.२०८१ फागुन १० शनिवार १७:०२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...