back
CTIZAN AD

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर

वि.सं.२०८१ फागुन ११ आइतवार

528 

shares

काठमाडौं । नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ ।

 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म उक्त सङ्ख्यामा वृक्षरोपण सम्पन्न भएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकास गर्न प्रकृतिको संरक्षण र संवद्र्धनसहित पर्यटन उद्योग एक महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिएको छ ।

 

सोही कार्यक्रमअन्तर्गत हालसम्म चुरे क्षेत्रमा रहेका २० वटा तालतलैयाको संरक्षण र पुनः निर्माण गरिएको छ ।

मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा÷एउटा वन्यजन्तु आरक्ष र सिकार आरक्षसहित चुरे क्षेत्र संरक्षण गर्न नेपाली सेनाका आठ गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्ममा गरी नौ हजार ४६ जना जनशक्ति परिचालित रहेको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए।

नेपाली सेनाले चार दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षाको जिम्मेवारी लिएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो । यसै सन्दर्भमा सन् २००९ मा नेपालमा एक सय २१ बाघ रहेकामा हाल त्यो सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ ।

यस्तै, सन् २००५ मा चार सयको सङ्ख्यामा रहेका लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या ७५२ भन्दा बढी रहेको जानकारी दिइयो ।

वि.सं.२०८१ फागुन ११ आइतवार १८:३१ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...