back
CTIZAN AD

‘साहीमासा’ लिएर आए रोल्पाली कवि समीप बैरागी

वि.सं.२०८१ फागुन १७ शनिवार

1.4K 

shares

काठमाडौं । कवि समीप बैरागीको नवीनतम कविता कृति ‘साहीमासा’ विमोचन भएको छ । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षम पुस्तक सार्वजनिक गरिएको हो ।

रोल्पा कला साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा कवि तथा कार्यक्रमका वक्ता श्रवण मुकारुङले कवि समीप बैरागीले नेपाली कविताको क्षेत्रमा अलग खालको पहिचान निर्माण गरेको र यसले नेपाली कवितामा एउटा नयाँ आयाम लिएको बताए।

कवि तथा लेखक नवीन विभासले कार्यक्रममा बोल्दै ‘साहीमासा’ एउटा नाम राखिएपनि यो संग्रह भित्र रहेका कविताहरू बैरागी र उनको जीवन संघर्षको कथा रहेको बताए । विभासले थप्दै भने, ‘यसमा पर्या कविता पनि समावेश भएकोले संग्रह पृथक र वजनदार भयो।’

अर्का वक्ता कवि लक्ष्मी रुम्बाले वर्तमान समय मजदुरहरूले जिइरहेको तितो यथार्थ र आदिवासीहरूको सौन्दर्य साहीमासा कवितासंग्रहमा आएको बताइन् ।

विमोचन कार्यक्रममा नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका सदस्य सचिव प्रगति महरा र नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष मौसम रोकाले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कवि प्रमिला राई, दीप दर्पण, शकुन आँसु, गोपाल पुन मगर ‘सिङरोन’ले साहीमासा कवितासंग्रह भित्रबाट कविता वाचन गरेका थिए ।

कार्यक्रममा १८ मगरात खाम भाषाका कोषकार कर्ण बुढा मगर, कवि स्वप्निल स्मृति कवि राधिका कल्पित सामाज सास्त्री बलबहादुर घर्ती मगर, कवि उत्तम लिम्बु, कवि मिथोज, कवि दनुवार सन्जा, डा. विष्णु कुमार सिंजाली मगर, चलचित्र कर्मी सञ्जोग लाफा, कवि गुलाफ मगर, कवि राकेश बी.एम. कलाकार सुमित्रा बुढा, नन्द घर्ती मगर, अमर रोका मुक्तकार निलाञ्जला भाद्र्वाज लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

साहीमासामा संग्रहित ४५ वटा कविताहरूलाई न्यायलयमा मजदुरको आवाज, हृदयका भाकाहरू, नफर्कनु आधार शिविरबाट, रङ भित्रको रङ, प्रकृति र प्रेम, आँसुमा देशको छाया गरी ६ वटा खण्डमा बिभाजन गरी राखिएको छ ।
रोल्पा कला साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘साहीमासा’का मिडिया पार्टनर गेथाती अनलाइन डटकम र वितरक दोबिल्ला किताब घर काठमाण्डौले रहेको छ ।

अठार मगरात मगर खाम भाषाबाट कृतिहरू प्रकाशन गर्दै आएका कवि समीप बैरागीले यसपटक भने नेपाली भाषाबाट पहिलो कविता कृतिका रुपमा साहीमासा नेपाली कविताको बजार ल्याएका छन् ।

पछिल्लो समय नेपाली कविता क्षेत्रमा सशक्त रुपले आफ्नो उपस्थिति जनाउँदै आएका थबाङ गाउँपालिका–३, मिरुल रोल्पाका बैरागी नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाण्डौले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० र बर्दघाट प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितात्मक कविगोष्ठी – २०८० का बिजेता हुन् भने साहित्यपोस्टमा प्रकाशित २०८० भरि छापिएको पर्या कविताहरू मध्ये बैरागीको कवितालाई दोस्रो स्थानमा छनोट गरेर पुरस्कृत गरिएको थियो ।

कवि युग सर्वनामले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रम रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवनप्रवेश रोकामगरले समापन गरेका थिए ।

वि.सं.२०८१ फागुन १७ शनिवार ०५:०२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...