back
CTIZAN AD

लघुकथा : भिख

वि.सं.२०८१ फागुन १७ शनिवार

2.9K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

मन्दिरको छेउ भिख मागेर जीवन गुजार्ने बुढी आमासँग सधैँ देखादेख हुन्थ्यो उसको । केही दिन्छ कि भन्ने आशामा टुलुटुलु हेर्थिन् तर छाक टार्न पनि धौ धौ हुने अवस्थामा रहेको उसले के नै दिन सक्थ्यो र ?

आज अचानक दुवै आमनेसामने भए । उसले उनलाई गहिरो सहानुभूतिको साथ हेर्यो र भन्यो, ‘खल्ती रित्तो छ आमा, तपाईँलाई केही दिन सक्दिन ।’

यो सुनेर बुढी आमाको अनुहारमा अनौठो चमक आयो । उनले मुस्कुराउँदै भनिन्, ‘तिमीले मलाई सोचे भन्दा धेरै दियौ बाबु ।’

केही नदिँदा पनि चाहिने भन्दा बढी दिएको कुराले ऊ सोचमग्न अवस्थामा पुग्यो । असामञ्जस्यलाई चिर्दै बुढी आमाले भनिन् , ‘बाबु सधैँ यस्तै मिठोसँग ‘आमा’ भनेर बोलाऊ है।’

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...