back
CTIZAN AD

लघुकथा : भिख

वि.सं.२०८१ फागुन १७ शनिवार

2.9K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

मन्दिरको छेउ भिख मागेर जीवन गुजार्ने बुढी आमासँग सधैँ देखादेख हुन्थ्यो उसको । केही दिन्छ कि भन्ने आशामा टुलुटुलु हेर्थिन् तर छाक टार्न पनि धौ धौ हुने अवस्थामा रहेको उसले के नै दिन सक्थ्यो र ?

आज अचानक दुवै आमनेसामने भए । उसले उनलाई गहिरो सहानुभूतिको साथ हेर्यो र भन्यो, ‘खल्ती रित्तो छ आमा, तपाईँलाई केही दिन सक्दिन ।’

यो सुनेर बुढी आमाको अनुहारमा अनौठो चमक आयो । उनले मुस्कुराउँदै भनिन्, ‘तिमीले मलाई सोचे भन्दा धेरै दियौ बाबु ।’

केही नदिँदा पनि चाहिने भन्दा बढी दिएको कुराले ऊ सोचमग्न अवस्थामा पुग्यो । असामञ्जस्यलाई चिर्दै बुढी आमाले भनिन् , ‘बाबु सधैँ यस्तै मिठोसँग ‘आमा’ भनेर बोलाऊ है।’

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...