back
CTIZAN AD

स्थानीयतहरुले सबै नागरिकलाई साक्षर बनाउन ध्यान दिनुपर्छ : प्रचण्ड

वि.सं.२०८१ फागुन १८ आइतवार

480 

shares

बनौली (सप्तरी) । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्राबधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।

सप्तरीको खडक नगरपालिकाले आजदेखिअ सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गराउदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधा समेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताउनुभयो। खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै उहाँले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताए ।

जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीब्र बनाउनुपर्ने बताए ।

संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि निशुल्क तथा अनिवार्य शिक्षा, निशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने उनले स्पष्ट गरे । उनले आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी पनि दिए ।

कार्यक्रममा पूर्वउप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठत उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयताको अभ्यासपछि प्रदेश र स्थानीय तहको काँधमा महत्त्वपूर्ण दायित्व आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पूर्ण ध्यान लगाउनुपर्ने बताए । माओवादी केन्द्र नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण पाइला चाल्न सुरु गरेको बेला सरकार परिवर्तन गरिएको उल्लेख गर्दै उनले यसलाई पार्टीले प्राथमिकताका साथ अघि बढाउने बताए ।

खडक नगरपालिकाको अभियान, समाजवादउन्मुख आधार निर्माण अभियान भन्ने नाराका साथ थालिएको अभियान युवा स्वयंसेवक परिचालन गरेर केही महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।

वि.सं.२०८१ फागुन १८ आइतवार १६:२८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...