back
CTIZAN AD

सेवन्तक पोखरेल कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त

वि.सं.२०८१ फागुन १८ आइतवार

984 

shares

काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेड बैङ्क सञ्चालक समितिको सञ्चालक सदस्यमा सेवन्तक पोखरेल मनोनयन भएका छन् । उनी नेपाल सरकार उप–प्रधान तथा अर्थ मन्त्रीस्तर)को निर्णयअनुसार सञ्चालक समितिको सञ्चालक सदस्यमा मनोनयन भएका हुन् ।

नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव सँगाली हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् ।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य पोखरेललाई बैङ्क सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैङ्क लि.का सञ्चालक सदस्यहरू डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोद कुमार गुरागाईँ, रित्ता सुवेदी कृषि विकास बैङ्क लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैङ्कका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति थियो ।

वि.सं.२०८१ फागुन १८ आइतवार १६:४० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...