back

कला संस्कृति संरक्षण गर्न मगर सङ्ग्रहालय स्थापना

वि.सं.२०८१ फागुन १९ सोमवार

345 

shares
GLOBAL IME AD
NTC AD

घोराही (दाङ) । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।

नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए पनि साँघुरो ठाउँका कारण व्यवस्थित हुन नसकेको बताए ।

उनले भने, “सङ्ग्रहालय मगर समुदायको कला, संस्कृति र परम्पराका बारेमा अध्ययन तथा जानकारी लिने ठाउँ बनेको छ ।” मगर समुदायसँग सम्बन्धित थप सामग्रीलाई खोज्ने कार्य भइरहेको तथा नयाँ भवन निर्माणपछि सङ्ग्रहालय व्यवस्थित हुने अध्यक्ष मगरले बताए ।

मगर समुदायको बाहुल्य रहेका रोल्पा र रुकुमलगायत क्षेत्रबाट क्षेत्रबाट सामग्री सङ्कलन गरिने छ । “अहिले नमूनाका रुपमा सङ्ग्रहालय स्थापना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा लागेका छौँ”, लुम्बिनी प्रदेश सरकारबाट रु आठ लाखको सहयोग प्राप्त भएको जानकारी दिँदै उनले भने ।

सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित वेशभूषा, गरगहना, बाजासँगै दैनिकी जीवनयापनका क्रममा प्रयोग गरिने काठ, माटो, तामाका विभिन्न सामग्रीहरुसँगै धनुष, नरसिङ्गा, पञ्चैबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दियो, टुकी, ठेकी, जाबे झोला, तुला, हलो, जुवालगायत घरेलु उत्पादन राखिएका छन् ।

मगर सङ्ग्रहालयसँगै कार्यालय सञ्चालनका लागि सङ्घीय सरकारको रु एक करोडको लागतमा घोराही उपमहानगरपालिका–१८ ढोडेनीमा नयाँ भवन निर्माण हुने अध्यक्ष बुढाले बताए । रासस /फाइल फोटो

वि.सं.२०८१ फागुन १९ सोमवार ११:०३ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...