back
CTIZAN AD

कला संस्कृति संरक्षण गर्न मगर सङ्ग्रहालय स्थापना

वि.सं.२०८१ फागुन १९ सोमवार

855 

shares

घोराही (दाङ) । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।

नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए पनि साँघुरो ठाउँका कारण व्यवस्थित हुन नसकेको बताए ।

उनले भने, “सङ्ग्रहालय मगर समुदायको कला, संस्कृति र परम्पराका बारेमा अध्ययन तथा जानकारी लिने ठाउँ बनेको छ ।” मगर समुदायसँग सम्बन्धित थप सामग्रीलाई खोज्ने कार्य भइरहेको तथा नयाँ भवन निर्माणपछि सङ्ग्रहालय व्यवस्थित हुने अध्यक्ष मगरले बताए ।

मगर समुदायको बाहुल्य रहेका रोल्पा र रुकुमलगायत क्षेत्रबाट क्षेत्रबाट सामग्री सङ्कलन गरिने छ । “अहिले नमूनाका रुपमा सङ्ग्रहालय स्थापना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा लागेका छौँ”, लुम्बिनी प्रदेश सरकारबाट रु आठ लाखको सहयोग प्राप्त भएको जानकारी दिँदै उनले भने ।

सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित वेशभूषा, गरगहना, बाजासँगै दैनिकी जीवनयापनका क्रममा प्रयोग गरिने काठ, माटो, तामाका विभिन्न सामग्रीहरुसँगै धनुष, नरसिङ्गा, पञ्चैबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दियो, टुकी, ठेकी, जाबे झोला, तुला, हलो, जुवालगायत घरेलु उत्पादन राखिएका छन् ।

मगर सङ्ग्रहालयसँगै कार्यालय सञ्चालनका लागि सङ्घीय सरकारको रु एक करोडको लागतमा घोराही उपमहानगरपालिका–१८ ढोडेनीमा नयाँ भवन निर्माण हुने अध्यक्ष बुढाले बताए । रासस /फाइल फोटो

वि.सं.२०८१ फागुन १९ सोमवार ११:०३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...