back
CTIZAN AD

बलेफी हाइड्रोपावरको शेयर खरिद गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ फागुन १९ सोमवार

1.3K 

shares

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन ५ गते बोलपत्र निश्कासन गरेको हो र आज अर्थात फानगु १९ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता र सर्वसाधारण समूहको लकईनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लकईनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गरेको हो ।

 

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा १० अंकले भाग जाने संख्यामा वा नियामक निकायले तोकिएको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौँका साथै पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

 

वि.सं.२०८१ फागुन १९ सोमवार ११:०५ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...