back
CTIZAN AD

यौन प्रस्ताव अस्वीकार गर्दा सहकर्मीको हत्या गर्ने आरोपी पक्राउ

वि.सं.२०८१ फागुन १९ सोमवार

879 

shares

काठमाडौँ । रुपन्देहीमा एक पुरुषले सँगै काम गर्ने महिलाको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारूले ८ फागुनमा दाङको लमही नगरपालिका–७ की संगिता चौधरीको हत्या गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाको कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगीताको शव गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो ।

त्यसपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालेको प्रहरीले हत्यामा संलग्न अमिरिकालाई १६ गते पक्राउ गरेको छ। उनीहरु दुबै जना ज्याला मजदुरी गर्ने कामदार हुन् । अमिरिका संगिताको हत्या गरेको ९ दिनपछि पक्राउ परेका छन् ।

उनले संगितालाई प्रेम प्रस्ताव राखेको तर नमानेपछि ढुंगााले हानेर निर्मम तरिकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र अमिरिकाले यौन प्रस्ताव राख्दा ती महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका थारूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ फागुन १९ सोमवार ११:१४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...