काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।
मनकामना मन्दिर दर्शनार्थी सवार ईभी माइक्रो बस आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका छन् ।
दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका–२ कै रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार छन् ।
अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
वि.सं.२०८१ फागुन १९ सोमवार १४:१० मा प्रकाशित






























