back
CTIZAN AD

चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाउने

वि.सं.२०८१ फागुन २१ बुधवार

924 

shares

बेइजिङ । आफ्ना सशस्त्र सेनाहरू द्रुत आधुनिकीकरण र संयुक्त राज्य अमेरिकासँग गहिरो रणनीतिक प्रतिस्पर्धामा रहेको बेला चीनले बुधबार उसको रक्षा खर्च यस वर्ष गत वर्षको जस्तै सात दशमलव दुई प्रतिशतले बढ्ने घोषणा गरेको छ ।

देशको सशस्त्र सेनामा खर्च दशौँ वर्षदेखि बढ्दै गएको छ । यो मोटामोटी आर्थिक वृद्धिसँग मेल खान्छ ।

चीनसँग दोस्रो सबैभन्दा ठूलो सैन्य बजेट छ तर प्राथमिक रणनीतिक प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा धेरै पछाडि छ । यद्यपि चीनको जनमुक्ति सेना (पिएलए) ले सैनिक कर्मचारीको सङ्ख्याका हिसाबले अमेरिकी सेनालाई पछाडि पारेको छ ।

बेइजिङको यस वर्षको १७ खर्ब ८० अर्ब युआन (दुई खर्ब ४५ अर्ब ७० करोड डलर) को रक्षा बजेट अझै वासिङ्टनको एक–तिहाइभन्दा कम छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार गत वर्ष चीनको सैन्य खर्च कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को एक दशमलव छ प्रतिशत थियो । यो अमेरिका र रुसको तुलनामा निकै कम हो ।

तर यसको रक्षा विस्तारलाई वासिङ्टनका साथै जापान लगायत क्षेत्रका अन्य शक्तिहरूले शङ्काका साथ हेरेका छन् । यिनीहरूबीच पूर्वी चीन सागरमा टापुहरूको भौगोलिक विवाद छ ।

यस हप्ता चीनको ‘दुई सत्र’ बैठकको दोस्रो राष्ट्रिय जन काङ्ग्रेसको उद्घाटन सत्रका लागि बेइजिङमा हजारौँ प्रतिनिधिहरू भेला भएपछि बजेट वृद्धि भएको हो ।

त्यस सत्रमा प्रधानमन्त्री ली किआङले ताइवान र मुख्य भूमिबीच शान्तिपूर्ण विकास प्रवद्र्धन गर्न सकियोस भनेर चीनले ताइवानको स्वतन्त्रता र बाह्य हस्तक्षेपलाई लक्षित गर्ने पृथकतावादी गतिविधिहरूको दृढतापूर्वक विरोध गर्ने वाचा गरे ।

चीनले आफ्नो सैन्य स्थितिलाई ‘रक्षात्मक’ र आफ्नो सार्वभौमिकताको रक्षा गर्ने लक्ष्य राखेको बताएको छ ।
एएफपी

वि.सं.२०८१ फागुन २१ बुधवार १३:२५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...