back
CTIZAN AD

काबुल विमानस्थल आक्रमणकारी पक्राउ परेको ट्रम्पको भनाइ

वि.सं.२०८१ फागुन २१ बुधवार

627 

shares

वासिङ्टन । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक लडाकूलाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताएका छन् ।

सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयासमा रहेका एक बम हमलाकारीले भिडको बीचमा विस्फोट गराएका थिए । सो विस्फोटमा करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए ।

सन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो ।

मङ्गलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि संसदको संयुक्त सदनलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतङ्ककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गरे ।

“र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदै छ”, उनले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भने ।

उनले पाकिस्तानलाई यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा धन्यवाद दिए तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिएनन् ।

अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ ।

दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए । एएफपी

वि.सं.२०८१ फागुन २१ बुधवार १३:१७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...