back
CTIZAN AD

माइतीघरमा ३६ हजार बढी शिक्षकले आन्दोलन गर्ने

वि.सं.२०८१ फागुन २१ बुधवार

708 

shares

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने भएको छ । फागुन २० गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको महासङ्घले २४ गते देशभरका शिक्षकहरूलाई काठमाडौँमा उतार्ने भएको छ ।

नेपाल शिक्षक महासङ्घसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासङ्घले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ ।

फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो । फागुन २४ गते देशभरका शिक्षक कर्मचारीहरूलाई माइतीघरमा उतारेर वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।

यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँका सडकमा उत्रिएका थिए । सडकमै लम्पसार भएर सुतेका थिए । त्यसपछि सरकारले दुईपटक सहमति गरेको थियो । सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा मागहरू समावेश गर्ने भनिएको थियो ।

महासंघले अहिले आएर आफूहरूसँग गरेको सहमतिलाई समावेश गरेर विद्यालय शिक्षा विधेयक तत्काल ल्याउन दबाब दिन आन्दोलन गर्न लागेको हो ।

वि.सं.२०८१ फागुन २१ बुधवार १५:३८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...