
स्वास्थ्य परिक्षार्थ तथातज्जन्य रोगको निवारणका लागि शारीरिक तथामानसिक वेगलाई व्यवस्थित गर्न निर्देश गरिएको छ । वेग व्यवस्थापनलाई दुई प्रकारले वर्णन गरिएको छ –
१.धारणीय वेग – धारण गर्नु पर्ने वेग ।
२. अधारणीय वेग – धारण गर्न नहुने वेग ।
१.धारणीय वेग
धारणीय वेग पनि दुई किसिमका हुन्छन् –
१.१ मानसिक धारणीय वेग
यस अन्तर्गत निम्नलिखित मनसँग सम्बन्धीत सोच हुन्छन् ।
क) लोभ ख) शोक
ग) भय
घ) क्रोध
ङ) गर्वच- निर्लज्जता
छ) ईष्र्या
ज) अति कामवासना
झ) द्रोह आदि ।
मानसिक पक्ष विनाको जीवन सम्भव नहुन सक्छ । तनाव, क्रोध, ईष्र्या, अति कामवासना, भय, लोभ आदि सङ्कटकालीन अवस्थाको भावनात्मक अनुभव हो जुन हाम्रो दैनिक जीवनमा आइरहन्छ । यसलाई सकारात्मक र नकारात्मक दुवै किसिमले लिन सकिन्छ । वmुनै घटनामा तनाव उत्पन्न हुनु कमजोरी होइन, समयमै घटनाको सामना र तनाव व्यवस्थापन गर्न नसक्नु अपरिपक्वता हो । वmुनै काम गर्दा तनावलाई चुनौती र उत्प्रेरणाका रूपमा लिदा सकारात्मक प्रभाव पर्छ । तर, तनाव प¥यो भनेर मानसिक चिन्ता लिदा यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
दीर्घ तनावले थुप्रै स्वास्थ्य समस्याहरू निम्त्याउछ । तनावले वmेही हर्मोनहरू उत्पादन गर्ने भएकाले रक्तचाप बढ्ने, रगतमा खराब प्रकारको कोलेस्टेरोल बढ्ने र असल प्रकारको कोलेस्टेरोल घट्ने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नपर्ने, रोग प्रतिरोधक क्षमतामा ह्रास आउने, खानामा रुचि घट्ने, शारीरिक परिश्रम गर्न जागर नलाग्ने, अरूसंग घुलमिल हुन नसक्ने आदि हुन्छ । यसले दीर्घ कालमा क्यान्सर, मुटु रोग, मधुमेह, अल्जाइमर्स, पार्विmन्सन्स, डिप्रेसन, एन्जाइटी, र कडा मानसिक रोगहरू समेत हुने सम्भावना अत्यधिक बढ्छ । आरोग्य हुनको लागि यसलाई नकारात्मक रूपमा नलिई समयमै व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ ।
१.२ शारीरिक धारणीय वेग
यस अन्तर्गत निम्नलिखित शरीरसंग सम्बन्धीत वेगहरु पर्दछन् ।
क) दुस्साहस
ख) परस्त्री सम्भोग
ग) चोरी
घ) हिंस्रक प्रवृत्ति
माथि उल्लेखित कुराहरु मानिसको आरोग्यताका लागि हानीकारक छन् । शरीर स्वस्थ राख्न नियमित योग गर्न जरुरी छ । योग गर्न कुनै उमेरको छेकवार हुँदैन । आफ्नो शरीरले थेग्न सक्ने गरी (जबरजस्ती गर्ने होइन) मात्र योग गर्नुपर्छ । दैनिक कम्तीमा आधा घण्टा योग, प्राणायाम र ध्यान गर्दा शरीर स्वस्थ हुन्छ । त्यसैले त भनिन्छ, ‘भोग, रोग र शोकको घडीमा योग ।’ योग आसनः जे जति गर्नुहुन्छ, वैज्ञानिक होस् उपयोगी होस् । सुरु सुरुमा योग गुरुको सानिध्यमा रहेर मात्र योग गर्नुपर्छ । नियमित ध्यान पनि गर्न उत्तिकै जरुरी छ । केही मिनेट भएपनि अवश्य ध्यान गर्नुहोस् ।
२. अधारणीय वेग
आयुर्वेद अनुसार अधारणीय वेगको दमन गर्नुहुँदैन । शरीरका प्राकृतिक वेग व्यक्तिमा शरीर र इन्द्रियको सद्भाव कायम राख्न । शरीर स्थिर राख्न महत्वपूर्ण हुन्छन् । मल, मूत्र, वीर्य, अपानवायु, वमन, हाच्छ्यु, यद्यगार, जृम्भा (हाई), भोक, प्यास, निद्रा, परिश्रमबाट उत्पन्न श्वास वेग, आँसु वेग रोक्नु हानीकारक हुन्छ । यसको अवरोधमा तत् सम्बन्धी रोग उत्पन्न हुने निश्चित प्रायः छ ।
अधारणीय वेगको धारणा तथा वेगको जबर्जस्ति निष्कासनले हुने समस्या :
१) भोकको वेग : शरीर दुर्बल, रक्तकमी, रिंगटा, मूच्र्छा आदि ।
२) तिर्खाको वेगः थकावट, हृदय पीडा, मुख सुक्नु, रिंगाटा लाग्नु ।
३) आँसुको वेग : रुघा, शिर भारीपन, अनिद्रा, गहन उदासी, नेत्र रोग, हृदय रोग ।
४) निद्राको वेग : आँखा पोल्नु, टाउको भारी हुनु, टाउको दुख्नु, अपच ।
५) श्वासको वेग : घबराहट, हृदय पीडा तथा मूच्र्छा ।
६) खाककिो वेग: दम, छाती दुख्ने तथा घाटीको रोग ।
७) हाँच्छ्यु वेग: आधा टाउको दुख्नु, टाउको भारी हुनु ।
८) मूत्रको वेग: मूत्रको थकावट, मूत्राशय तथा लिङ्गमा शूल, पेट सूजन ।
९) मलको वेग: पक्वाशय, टाउको दुख्नु, कब्ज, पिण्डुलामा ऐंठन ।
१०) अपानवायुको वेग: वात (वायु) सम्बन्धी रोग, पेट दुख्नु, पेट फुल्नु ।
११) वीर्यको वेग: पौरुष ग्रन्थि, अण्डकोश, शुक्र प्रणाली शुक्राशयमा सूजन, गुदा पीडा, पिसाबको रुकावट ।
१२) वमनको वेग: दाद, सूजन, ज्वरो, भोजनमा अरुचि ।
१३) जम्भाईको वेग: शारीरिक अङ्ग सिकुडन, श्वास कष्टता, भोजन अरुचि ।
१४) डकारको वेग: हिचकी, छाती जकडन, श्वास कष्टता, भोजन अरुचि ।
३. जनपदोध्वंश
कुनै रोग विशेष, ऋतु विकार वा अन्य आत्ययिक कारणले जनसङ्ख्याको ठूलो अंशको नाश हुनुलाई जनपदोध्वंश भनिन्छ । अधर्म, प्रज्ञापराध, स्वस्थवृत्त–सद्वृत्त अपालनलाई नै जनपदोध्वंशको प्रमुख कारण मानिएको छ । जसमा वायु, जल, देश तथा कालमा विगुणिता हुन जान्छ । धर्मपरायणता, यम–नियमादि पालन तथा पर्यावरणीय, शारीरिक, मानसिक तथा आध्यात्मिक शुचिता नै यसबाट बच्ने उत्तम उपाय हो ।
४. निष्कर्ष
आयुर्वेदमा, “वेग कन्ट्रोल”औपचारिक रूपमा मान्यता प्राप्त शब्द होइन, तर अवधारणाले शारीरिक कार्यहरू र दोशहरू कसरी व्यवस्थापन गर्ने भन्ने व्यापक बुझाइसँग सम्बन्धित हुन सक्छ । मानव शरीर तीन प्राथमिक दोशहरु वात, पित्त र कफमार्फत सञ्चालन हुन्छ जसले विभिन्न शारीरिक र मानसिक प्रक्रियाहरू नियन्त्रण गर्दछ । यी दोशहरूमा असन्तुलनले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ, जसले रोग निम्त्याउँछ । आयुर्वेदिक अभ्यासहरूले स्वास्थ्य कायम राख्न, कल्याणलाई बढावा दिन र रोगबाट बच्न यी दोशहरूलाई सन्तुलनमा राख्ने लक्ष्य राख्छन् । शारीरिक कार्यहरूको नियन्त्रणलाई प्रभाव पार्न, आयुर्वेदले आहार, जीवनशैली परिवर्तन, हर्बल उपचार, र मानसिक अनुशासन सहित समग्र दृष्टिकोणलाई जोड दिन्छ । यी अभ्यासहरूले सन्तुलन पुनस्र्थापित गर्ने र समग्र स्वास्थ्य सुधार गर्ने लक्ष्य राख्छन् ।
वि.सं.२०८१ फागुन २२ बिहीवार ११:५९ मा प्रकाशित