back
CTIZAN AD

चारू

वि.सं.२०८१ फागुन २४ शनिवार

798 

shares

स्वर्ण शिखा, दाङ

जिन्दगीझैँ नबाँचेको जिन्दगीको अर्थ के छ
जिएजस्तै नलागेमा ढुकढुकीको अर्थ के छ

चरित्र नै लत्याएर मान्छे किन रूप खोज्छन्
वास्ना बिना हल्किएको बाँबरीको अर्थ के छ

सराबीले कहाँ बुझ्छ प्रेमीले पो बुझ्छन् यस्तो
सुरा बिना हल्लाउने धङ्धङीको अर्थ के छ

आफू उठ्नू अरूलाई ढलाएर भन्छ उसले
स्वार्थीलाई सोध्यौ भने उन्नतिको अर्थ के छ?

ओठ खोली हाँस प्यारी लालीलाई खुल्न देऊ
डम्म बादल लागेपछि गोधूलीको अर्थ के छ

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:०२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...