back
CTIZAN AD

हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग

वि.सं.२०८१ फागुन २५ आइतवार

699 

shares

गाजा । इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहो¥याएको हो ।

प्यालेस्टिनी लडाकू समूहका प्रतिनिधिहरूले सप्ताहन्तमा कायरोमा मध्यस्थकर्ताहरूसँग भेट गरी ‘बिना प्रतिबन्ध वा शर्त’ घेराबन्दी गरिएको क्षेत्रमा पुनः प्रवेश गर्न मानवीय सहायताको आवश्यकतामा जोड दिएको हमासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्झौताको ‘दोस्रो चरणका लागि वार्ता सुरु गर्न प्रत्यक्ष रूपमा अघि बढ्नुपर्ने’ आवश्यकतामा पनि जोड दिएको छ । दोस्रो चरणको वार्ताको उद्देश्य स्थायी युद्धविरामको लागि आधार तयार गर्नु हो ।

हमासले दोस्रो चरणका लागि गाजाबाट पूर्ण इजरायली सेना फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य गर्नुपर्ने, सो क्षेत्रको पुनःनिर्माण गर्नुपर्ने र आर्थिक सहयोग गर्नुपर्ने लगायतका माग राखेको हमासका एक अधिकारीले एएफपीलाई बताएका छन् ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौआले सूचकहरू सकारात्मक रहेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सोमबार दोहामा प्रतिनिधि पठाउने जनाएको छ ।

इजरायलले युद्धविरामको पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताउँदै आएको छ ।

इजरायलमा रहेका करिब एक हजार ८०० प्यालेस्टिनी कैदीहरूको रिहाईका लागि २५ जना जीवित बन्धक र आठ वटा शवहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि मार्च १ मा त्यो प्रारम्भिक अवधि समाप्त भएको थियो ।

यो युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी समयदेखि जारी लडाइँलाई धेरै हदसम्म रोकेको थियो । दक्षिणी इजरायलमा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा इजरायलको निरन्तर सैन्य अभियानका कारण गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको तर युद्धविरामले शान्तिको लागि वातावरण बनेको छ । एएफपी/फाइल फोटो

वि.सं.२०८१ फागुन २५ आइतवार १४:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...