back
CTIZAN AD

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

वि.सं.२०८१ फागुन २५ आइतवार

537 

shares

काठमाडौँ । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो ।

तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने छ ।

एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू, र ट्वीन कुलिंग प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन् । एआई एनेर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १०% सम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने मात्र होइन, दिगो जीवनशैलीमा पनि योगदान पु¥याउँछ।

कन्भर्टएबल ५–इन–१ मोडहरुले जस्तो पनि घरको आवश्यकताहरू पुरा गर्न अनुकूल रहने अप्रतिम सुविधा प्रदान गर्छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्छ।

ट्वीन कुलिंग प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग–अलग कुलिङ सिस्टम प्रयोग गर्छ, जसले आद्र्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोक्छ। यसले ७०% सम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन्। थप रूपमा, यसमा रहेको एडभान्स इभ्यापोरेटर प्रविधिले सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्छ।

एआई एनेर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा ल्याउँछ। यसले गर्दा गर्मीमा चिसो बेभरेजहरू स्टक गर्न वा ताजा खाना तयार गर्न सजिलो हुन्छ र विद्युत् बिलको चिन्ता पनि कम हुन्छ।

स्मार्टठिंगस् एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ। ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल–टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू तपाईँको स्मार्टफोनबाट सहजै गर्न सकिन्छ, जसले घरको व्यवस्थापनलाई अझ स्मार्ट बनाउँछ।

मूल्य र उपलब्धता

नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर आधुनिक डिजाइन र प्रिमियम प्रविधिको अद्भुत संयोजन हो, जसले आफ्नोको प्रयोगकर्ताको जीवनस्तर र सुविधा अझ सुधार गर्छ। नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन्। यसको मूल्य रु. १,१२,९९० बाट सुरु छ भने, अहिले रहेको विशेष छुट अफरद्वारा रु. १,०१,००० मा खरिद गर्न सकिन्छ । यो अफरसीमित अवधिको लागि मात्र लागु गरिएको छ।सामसङको नयाँ रेफ्रिजरेटरहरूको खरिद गर्न अझ सजिलो पर्न, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित इन्स्टा फाइनान्सको साथ तपाईँले फ्रिजको खरिद गर्दा, डाउन पेमेन्ट पछि ०% ब्याज ईएमआई सुविधा पनि प्राप्त गर्नुहुनेछ ।

आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर अब अनलाइन पनि उपलब्ध छ https://www.samsungplaza.com.np/detail/bespoke-refrigerator-rt41dg6a2bslhl

वि.सं.२०८१ फागुन २५ आइतवार १४:२४ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...