back
CTIZAN AD

कविता : होली

वि.सं.२०८१ चैत २ शनिवार

882 

shares

स्वर्ण शिखा, दाङ

घुमी पूर्णिमा फागुको फेरि आयो
खुसीको खजाना सबै तर्फ ल्यायो
छिरेको छ होली मजाको छ याम
झुमेका सबै छन् गरी बन्द काम

युवा, वृद्ध, वृद्धा भए दङ्ग सारा
दगुर्दै सबै छन् छरी रङ्ग–धारा
कुनै दिव्य लाग्दै छ हो यो नजारा
नियाल्दै रमेका हुनन् चन्द्र तारा

धनी हुन् कि निर्धा सबै छन् रमेका
सबै रङ्ग छन् चेहरामा दलेका
सँगी छन् बसेका गरी बात मीठा ।
भुली दुस्मनीका सबै बात तीता

बजे गुञ्जिँदै तालमा ढोल बाजा
झुमे नाच नाच्दै सँगै रङ्क राजा
गरी होलिका दग्ध संस्कार मान्दै
सबै नाच्दछन् हाँस्दछन् रङ्ग हान्दै

कतै झुण्डमा छन् ठिटा मग्न झुम्दै
कतै छन् किशोरीहरू मस्त घुम्दै
दगुर्दै कतै बाल बालाहरू छन्
कतै वृद्धका बाल चालाहरू छन्

कतै बाबु आमा र छोरा बुहारी
दली रङ्ग चिच्याउँदै छन चहारी
कतै रङ्ग बाल्टी भरी छ्यापिँदै छन्
कतै तानिदै वस्त्र नै च्यातिँदै छन्

मिठा गीतका नाद छन् गुञ्जिएका
सबै छन शुभेच्छा लिएका दिएका
निकै मन्द मुस्कान छन् चेहरामा
धरा स्वर्गजस्तै भयो पूर्णिमामा

हटून् दुःख सारा सफा चित्त होऊन्
कुनै लालचा, दुस्मनीले नछोऊन्
बनोस् एकताको सही बिम्ब होली
भरून् होलिकाले सबै रिक्त झोली

छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत – lSS – lSS – lSS – lSS

वि.सं.२०८१ चैत २ शनिवार ०४:३४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...