back

कविता : उत्साहको रङ्ग लाओैँ

वि.सं.२०८१ चैत २ शनिवार

612 

shares
GLOBAL IME AD
NTC AD

कल्पना अधिकारी भट्टराई, काठमाडौं

बढेको छ अन्याय यो देशभित्र ।
भएको छ नाङ्गो उदाङ्गो चरित्र।।
खुलोस् चेत सद्भावको गीत गाओैँ ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।१।

घसौँ माथमा देहमा सप्त रङ्ग ।
छरोस् फागुले चेहरामा उमङ्ग।।
सबै आसुरी भाव–भंगी भगाओैँ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।२।

अहंकार मात्सर्य हो शत्रु कंस ।
यिनै हुन् सादाचार मास्ने नृशंस ।।
अहम् दन्दनी होलिका झैँ डढाओैँ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।३।

गरौँ प्रेम न्यानो सबै मित्रसाथ।
उनौँ एकता सूत्रमा यो समाज।।
बढोस् भाइचारा, वितृष्णा हटाओैँ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।४।

छ संस्कार जो सभ्यताको निशानी ।
खुलाओस् यसैले सुनौलो बिहानी ।।
उनै भक्त प्रह्लादको मार्ग धाओैँ ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।५।

छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत – lSS – lSS – lSS – lSS

वि.सं.२०८१ चैत २ शनिवार ०४:३७ मा प्रकाशित

गजल

गजल

पढ्नलाई स्कूल छैन यहाँ दुई कोस टाढा हिँड्नुपर्छ अघि नै...

लघुकथा : साख

लघुकथा : साख

वसन्त अनुभव,वसन्तविहार, घोराही दाङ रामभरोसे सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरूको भिड आफ्नो...

कविता : नयाँवर्षको शुभेच्छा

कविता : नयाँवर्षको शुभेच्छा

स्वर्ण शिखा, दाङ ।१। घृणित भाव हटुन् नववर्षमा ग्रह खराब...

कविता : अन्तिम इच्छा

कविता : अन्तिम इच्छा

हरिभक्त सिग्देल ’ महेश’, काठमाडौं ।१। शारीरिक छ यो मृत्यु...

गजल

गजल

टीकासुदिस निरौला, विराटनगर तिमीलाई भन्थेँ नजिक छौ यो मनको खुसी...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर सधैं तिम्रो अनुहार किन आउँछ सानु...