back
CTIZAN AD

कविता : उत्साहको रङ्ग लाओैँ

वि.सं.२०८१ चैत २ शनिवार

984 

shares

कल्पना अधिकारी भट्टराई, काठमाडौं

बढेको छ अन्याय यो देशभित्र ।
भएको छ नाङ्गो उदाङ्गो चरित्र।।
खुलोस् चेत सद्भावको गीत गाओैँ ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।१।

घसौँ माथमा देहमा सप्त रङ्ग ।
छरोस् फागुले चेहरामा उमङ्ग।।
सबै आसुरी भाव–भंगी भगाओैँ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।२।

अहंकार मात्सर्य हो शत्रु कंस ।
यिनै हुन् सादाचार मास्ने नृशंस ।।
अहम् दन्दनी होलिका झैँ डढाओैँ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।३।

गरौँ प्रेम न्यानो सबै मित्रसाथ।
उनौँ एकता सूत्रमा यो समाज।।
बढोस् भाइचारा, वितृष्णा हटाओैँ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।४।

छ संस्कार जो सभ्यताको निशानी ।
खुलाओस् यसैले सुनौलो बिहानी ।।
उनै भक्त प्रह्लादको मार्ग धाओैँ ।
खुसी भर्न उत्साहको रङ्ग लाओैँ।५।

छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत – lSS – lSS – lSS – lSS

वि.सं.२०८१ चैत २ शनिवार ०४:३७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...