back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत २ शनिवार

900 

shares

बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत

बनेमा जिन्दगानी तुफानी भन्न लायक
हुनेथ्यो जिन्दगी भाग्यमानी भन्न लायक

हरायो रोशनी जिन्दगानी भो अँध्यारो
नबन्ने भो बिहानी बिहानी भन्न लायक

खरानी बन्छ यो जिन्दगानी एक पलमै
जवानी हुन्न लामो जवानी भन्न लायक

कतै ज्ञानीहरू भेटिए अज्ञान बन्दै
सबै मान्छे कहाँ हुन्छ ज्ञानी भन्न लायक

छ सुन्दर देश हाम्रो मनोहर वाटिकाझैँ
दिने के देशलाई निसानी भन्न लायक

बहर – अरिज
अर्कान – मुफाईलुन् फऊलुन् मुफाईलुन् फऊलुन्
वजन = १२२२ – १२२ – १२२२ – १२२
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८१ चैत २ शनिवार ०४:४१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...