
बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत
बनेमा जिन्दगानी तुफानी भन्न लायक
हुनेथ्यो जिन्दगी भाग्यमानी भन्न लायक
हरायो रोशनी जिन्दगानी भो अँध्यारो
नबन्ने भो बिहानी बिहानी भन्न लायक
खरानी बन्छ यो जिन्दगानी एक पलमै
जवानी हुन्न लामो जवानी भन्न लायक
कतै ज्ञानीहरू भेटिए अज्ञान बन्दै
सबै मान्छे कहाँ हुन्छ ज्ञानी भन्न लायक
छ सुन्दर देश हाम्रो मनोहर वाटिकाझैँ
दिने के देशलाई निसानी भन्न लायक
बहर – अरिज
अर्कान – मुफाईलुन् फऊलुन् मुफाईलुन् फऊलुन्
वजन = १२२२ – १२२ – १२२२ – १२२
अभ्यास – परिश्रमी पाठशाला
वि.सं.२०८१ चैत २ शनिवार ०४:४१ मा प्रकाशित